प्रदेश ५ को स्थायी राजधानी पाउने भाग्यमानी भालुवाङ – Janadesh Daily | ePaper

प्रदेश ५ को स्थायी राजधानी पाउने भाग्यमानी भालुवाङ


जनादेश, बिषेश ।

अब भालुवाङ र सिसहनियाँका पसल हप्ताको ३ दिन खुल्ने

५ नं. प्रदेशको स्थायी राजधानी दाङको भालुवाङ बनाउने निर्णयसंगै भालुवाङ भाग्यमानी भएको छ । पहिले पहिले हटारुहरुले खान खाने, आराम गर्ने साथै रात बिताउने गरेको यो बजार अब राजधानीको सहरका नामले परितित हुदैछ ।

भालुवाङ पुरानो बजार भएर पनि चर्चामा आउन सकेको थिएन । पूर्व–पश्चिम महेन्द्र राजमार्ग हुँदै पूर्वबाट पश्चिमतिर जाँदा अर्घाखाँचीको केही भाग छोएर दाङको देउखुरी उपत्यकाको भालुवाङ प्रवेश गरिन्छ । राप्ती नदीको पुल पार गरेपछि भालुवाङको अहिलेको मुख्य बजार पुल्चोक पुगिन्छ । यसै स्थानबाट प्युठान हुँदै रोल्पा जाने राजमार्ग छुट्टिन्छ ।भालुवाङ प्युठान र रोल्पा जाने नाका पनि हो ।

पहिले देखि नै दाङ राजधानी कि बुटबल राजधानी भन्ने लामो रस्साकस्शीको पछि अन्तत नेकपाले प्रदेश ५ को स्थायी राजधानी बनाउने निर्णय गरेर त्यस क्षेत्रमा जनयुद्धमा आहुति दिने वीर सहिदप्रति न्याए गरेको स्थानीयबासीहरु बताउँन थालेकाछन् ।

प्रदेश ५ सरकारले शुक्रबार भालुवाङ बजार र राप्ती किनारले समेटेको आसपासको क्षेत्रलाई स्थायी राजधानी बनाउने निर्णय गरेसंगै स्थानीयवासीहरु अत्यन्त खुशी भएकाछन् । स्थायी राजधानी बनाउने प्रस्ताव शुक्रबार नै प्रदेश सभामा दर्ता भइसकेको छ ।

कुराका लागि कुरा मात्र नभएर व्यावहारीक रुपमा पनि हेर्ने हो भने यो निर्णय बैज्ञानिक पनि छ । नवलपरासी पश्चिम दाउन्ने देखि बर्दियाको बीच पर्ने र रुकुम पूर्व देखि गुल्मीको बीच पर्ने यो भूगोल नै राजधानीको लागि अति उपयुक्त थियो नै । उपयुक्त स्थानमा राजधानी नतोकिए बाके र बर्दियाले कर्णाली प्रदेशमा गाभिन उपयुक्त हुने बताउँदै आएका थिए ।

प्रयावरणीय हिसाबले पनि यो स्थान उपयुक्त मानिन्छ । राप्ती नदिको किरमा रहेको दाङको राप्ती गाउँपालिकामा पर्ने भालुवाङ बजार र त्यसको आसपासमा रहेको पूर्वको अर्घाखाँचीको शीतगंगा नगरपालिका र उत्तरको प्युठानको केही भूभागमा प्रदेश सरकारका महत्वपूर्ण कार्यालयहरु रहनेछन् ।

राप्ती गाउँपालिकाको प्रमुख बजार भालुवाङ रहेता पनि राजधानीले पूर्वमा चनौटा, पश्चिममा लमही, दाड.को घोराही, प्युठानको बड्डाडा र अर्घाखाचीको लाह्रापे क्षेत्रको व्यापार र जीवन स्तर उठाउनमा महत्वपूर्ण भूमिका खेल्ने छ ।

प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल दाङवासी भएकोले पनि निर्णय प्रकृयामा अघि बढन सहज भएको हो। दाङबाटै चुनाव जितेर कृष्णबहादुर महरा सभामुख बनेका थिए । उनीहरुको चुनावी नारा दाङलाई प्रदेश राजधानी बनाउने भन्ने थियो जो साहाकार हुँदैछ । हाल प्रदेश ५ को अस्थायी राजधानी रुपन्देहीको बुटवलमा छ । प्रदेश राजधानी दाङमा ल्याउन नसकेको भन्दै दाङवासीले नेताहरु प्रति असन्तुष्टि व्यक्त गर्दै आएका थिए ।

जेहोस् ढीलै भए पनि भालुवाङको भाग्य खुलेको छ । यसलाई बृहत गुरु योजना बनाएर व्यवस्थीत रुपमा अगाडी बढाउन सके देश कै नमुना राजधानी बन्ने निश्चित छ । अबेवस्थित रुपमा काम गर्दे जाने हो भने कुरुप सहर बन्नमा कसैले रोक्न सक्ने छैन् ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्