मोबाइल चोरी गर्ने गिरोह पक्राउ – Janadesh Daily | ePaper

मोबाइल चोरी गर्ने गिरोह पक्राउ


काठमाडौँ ।


प्रहरीले मोबाइल चोरी गर्ने पाँचजनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त जनसेवा न्यूरोडको टोलीले काठमाडौँ महानगरपालिका–२२ पाको सडकमा रहेको ताम्राकार कम्प्लेक्समा रु सात लाख ५० हजार मूल्य बराबरको मोबाइल चोरी गर्ने पाँचजनालाई शुक्रबार पक्राउ गरी आज सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक पनौतीका ३२ वर्षीय प्रकाश तामाङ, २१ वर्षीय जनक तामाङ, काभ्रेपलाञ्चोक तेमालका २९ वर्षीय सोमा रानी तामाङ, दोलखा गौरीशङ्करका ४० वर्षीय छिरिङ शेर्पा र नुवाकोट पञ्चकन्याका २२ वर्षीय अमृत राई रहेका छन् । प्रहरीले उनीहरुलाई सिसिटिभी फुटेजको आधारमा पक्राउ गरेको हो ।

वृत्तका प्रमुख, प्रहरी नायव उपरीक्षक सुनिलजङ्ग शाहले मिलेमतोमा सामान चोरी गरेर सस्तो मूल्यमा बिक्रीबितरण गर्ने गिरोहलाई पक्राउ गरिएको जानकारी दिनुभयो । “जनक तामाङ र प्रकाश तामाङले सामान चोरी गरेर सस्तोमा सोमा रानी तामाङ, छिरिङ शेर्पा र अमृत राईलाई बिक्री गरेको अनुसन्धानमा खुलेको छ”, उहाँले भन्नुभयो । पक्राउ परेका पाँचैजनालाई जिल्ला अदालत काठमाडौँबाट म्याद थप गरी अनुसन्धान भइरहेको वृत्तका प्रमुख शाहले बताउनुभयो । रासस

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्