बालुवाटारमा ओली पक्ष आन्तरीक रणनीति बनाउँदै छलफलमा – Janadesh Daily | ePaper

बालुवाटारमा ओली पक्ष आन्तरीक रणनीति बनाउँदै छलफलमा


जनादेश संवाददाता

काठमाडौं । प्रचण्ड र माधव नेपालसँगको वार्ता सहमतिमा पुग्न नसकेपछि प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले आफू निकट नेताहरुसँग आन्तरीक रणनीति बनाउँदै छलफल थालेका छन् ।

शुक्रबारको बैठकअघि प्रचण्ड माधव नेपाल पक्षसँग सहमतिको सम्भावना नदेखिएपछि प्रधानमन्त्रीले निकट नेताहरुसँग परामर्श गरेका हुन् ।

सचिवालय सदस्य ईश्वर पोखरेल,महासचिव विष्णु पौडेल,संसदीय दलका उपेनता सुवास नेम्वाङ सहितका नेताहरु प्रधानमन्त्रीसँग छलफल गर्न बालुवाटार पुगेका छन् ।

आज पुनः प्रचण्ड र माधव नेपालले ओलीलाई प्रधानमन्त्रीबाट राजिनामा दिन आग्रह गरेका छन् ।

 

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्