सकिएन मनसुनी सक्रियता, आजपनि वर्षाको सम्भावना – Janadesh Daily | ePaper

सकिएन मनसुनी सक्रियता, आजपनि वर्षाको सम्भावना


जनादेश, काठमाडौं ।

नेपालबाट मनसुन बाहिरिन अझै केही दिन लाग्ने भएको छ। बंगालको खाडीको उत्तर–पश्चिम भागमा रहेको न्युन चापीय क्षेत्रको प्रभाव पूर्वी नेपालमा यथावत रहेकोले मौसम बाहिरिन समय लागेको जल तथा मौसम पूर्वानमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार बुधबार पनि मुलुकका केही स्थानमा पानी पर्ने सम्भावना छ।

प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली र बाँकी प्रदेशहरुमा आंशिक बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। बुधबार राति प्रदेश १, प्रदेश २ र बागमती प्रदेशमा आंशिक देखि सामान्य बदली र बाँकी प्रदेशहरुमा आंशिक बदली रहने छ।

अहिले बिहान प्रदेश १, प्रदेश २ र बागमती प्रदेशमा आंशिक देखि सामान्य बदली र बाँकी प्रदेशहरुमा आंशिक बदलीको अवस्था छ।

बंगालको खाडीमा बनेको न्यून चापीय क्षेत्रको प्रभावले अहिले प्रदेश नम्बर १ का एक दुई स्थानमा हल्का वर्षा भएको छ ।

उत्तरपश्चिम बंगालको खाडीमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव नेपालको पूर्वी भागमा पर्दा मुलुकका अरू तीन प्रदेशमा पनि वर्षाको पूर्वानुमान गरिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्