वाग्मती प्रदेशमा आईसियुको सङ्ख्या बढाइन्छ ः मुख्यमन्त्री पौडेल – Janadesh Daily | ePaper

वाग्मती प्रदेशमा आईसियुको सङ्ख्या बढाइन्छ ः मुख्यमन्त्री पौडेल


वाग्मती ।


वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले कोरोना नियन्त्रणका लागि आईसियुको सङ्ख्या बढाइने बताउनुभएको छ । आज संघीय संसदको शिक्षा तथा स्वास्थ्य उपसमितिका पदाधिकारीसँग भएको छलफलमा मुख्यमन्त्री पौडेलले हाल गम्भिर प्रकृतिका बिरामीहरू देखापर्न थालेकोले आईसीयुको सङ्ख्या बढाउनु पर्ने अवस्था आएको बताउनुभयो ।

पौडेलले प्रदेश सरकारले आइसोलेशन कक्षहरुको निर्माण एवं सञ्चालन गरिरहेको जानकारी दिदै कोरोना नियन्त्रणका लागि सरकार जिम्मेवार भएर लागेको धरणा राख्नुभयो । अन्य जिल्लामा सङ्क्रमण कम भएपनि अहिले संघीय राजधानी समेत रहेको काठमाडौँमा कोरोनाबाट थप सङ्कट उत्पन्न हुन सक्नेतर्फ सचेत हुनुपर्ने भन्दै पौडेलले संघ, प्रदेश र स्थानीय तहको समन्वय र सहकार्य अनिवार्य रहेकोमा जोड दिनुभयो । पौडेलले काठमाडौको बढ्दो सङ्क्रमण दर घटाउन प्रदेशले विभिन्न स्थानमा क्वारेन्टिन र आईसोलेशन निर्माण गरी काम गरिरहेको जानकारी दिनुभयो । रासस

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्