एजेन्सी ।
अन्तर्राष्ट्रिय मैत्रीपूर्ण म्याच अन्तर्गत बुधबार भएको खेलमा पोर्चुगल र स्पेन गोलरहित बराबरी खेलेका छन् । लिस्बोनमा भएको खेलमा घरेलु टोरी पोर्चुगलले गोल गर्ने राम्रा प्रयास गुमाउँदा बराबरी व्योहोर्न बाध्य भयो ।
कप्तान क्रिष्टियानो रोनाल्डोले प्रहार गरेको बगल दोस्रो हाफमा गोलपोस्टमा लागेर फर्किएको थियो । रेनातो सान्चेजले प्रहार गरेको बल पनि बारमा लागेर फर्किन पुग्यो ।
पहिलो हाफमा स्पेनमाथि पोर्चुगलले दबाब बनाएको थियो । दोस्रो हाफमा राड्रिगो तथा डानी ओल्मोले गोल गर्ने प्रयास गरे, तर सफल भएनन् ।
सन् २०१८ को विश्वकपपछि पहिलोपटक स्पेन र पोर्चुगलबिच खेल भएको हो । विश्वकपमा रोनाल्डोको ह्याट्रिकमा पोर्चुगलले स्पेनसँग ३–३ को बराबरी खेलेको थियो ।