ट्रम्पले भने बाइडेनसँग अर्को टेलिभिजन बहसमा बस्दिन – Janadesh Daily | ePaper

ट्रम्पले भने बाइडेनसँग अर्को टेलिभिजन बहसमा बस्दिन


एजेन्सी ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चुनावी प्रचार अन्तर्गत विपक्षी दलका उम्मेद्ववार जो बाइडेनसँग दोश्रो टेलिभिजन बहसमा सहभागी नहुने बताएका छन् ।
ट्रम्पलाई कोरोना भाइरस संक्रमण भएका कारण भर्चुअल बहस गर्ने घोषणा भएपनि ट्रम्पले सहभागी हुन अनिच्छा व्यक्त गरेका हुन् ।

कोरोनाभाइरसबाट सङ्क्रमित भइ अस्पताल बसेर फेरि निवास फर्किएका ट्रम्पले आफू अझै उपचारकै क्रममा रहेको अर्को हप्ता हुने तय भएको बसहमा सहभागी हुन नचाहेको जानकारी दिएका हुन् ।

“म भर्चुअल बहसमा सहभागी हुन गइरहेको छैन,” फक्स न्युजसँग टेलिफोन कुराकानीमा राष्ट्रपति ट्रम्पले भने ।

राष्ट्रपतीय बहस आयोगले दोस्रो बहसको तयारी गरिरहेका बेला उनले यस्तो प्रतिक्रिया दिएका हुन् । उनीहरुका बीचमा पहिलो बहस अघिल्लो हप्ता भएको थियो ।

सो बहसमा ट्रम्पको प्रस्तुति राम्रो नभएको र अर्का प्रतिस्पर्थीले बाइडेनले धेरैको मन जितेको चर्चा भइरहेका बेला ट्रम्पले बहसमा सहभागी नहुने निर्णय लिएका हुन् । पहिलो बहस पछि गरिएका सर्वेक्षणमा बाइडेन ट्रम्प भन्दा अगाडि छन् ।

अमेरिकामा आगामी नोभेम्बर ३ तारिखका दिन हुने राष्ट्रपतीय निर्वाचनमा वर्तमान राष्ट्रपति ट्रम्प रिपब्लीकनको तर्फबाट र पूर्व राष्ट्रपति विडेन डेमोक्र्याटको तर्फबाट प्रतिश्पर्धा गर्न लागेका छन् ।

यो पनि हेर्नुस्- ट्रम्पले लेखेको स्ट्याटस फेसबुकद्वारा डिलिट, यस्तो छ कहानी 

 

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्