लिबियामा अपहरणमा परे सात भारतीय नागरिक – Janadesh Daily | ePaper

लिबियामा अपहरणमा परे सात भारतीय नागरिक


एजेन्सी ।
लिबियामा सात भारतीय नागरिक अपहरणमा परेको भारतीय सञ्चार माध्यमले जनाएका छन् । आन्ध्र प्रदेश, बिहार, गुजरात र उत्तर प्रदेशका बासिन्दा अपहरणमा परेको समाचारमा जनाइएको छ ।

उनीहरू कन्ट्रक्सन र तेल वितरक कम्पनीमा काम गर्ने व्यक्ति हुन्। लिबियाको अश्वेरिफ भन्ने स्थानबाट गत सेप्टेम्बर १४ तारिखमा उनीहरूको अपहरण भएको हो।

उनीहरू हवाई जहाज चढ्न ट्रिपोली विमानस्थलमा आइरहेका बेला बाटोमै अपहरणमा परेको बिबिसीले जनाएको छ।

भारतको विदेश मन्त्रालयले ट्युनिसियास्थित आफ्नो दूतावासले लिबियिा सरकार तथा विभिन्न अन्तर्राष्ट्रिय संस्थाको मद्दत लिएर अपहरित ती भारतीय नागरिकलाई सकुशल फिर्ता गराउने प्रयास भइरहेको जनाएको छ।

सन् २०१५ मा भारत सरकारले एक चेतावनी जारी गर्दै असुरक्षा देखिएकाले आफ्ना नागरिकलाई लिबिया नजान सल्लाह दिएको थियो। सन् २०१६ पछि त प्रतिबन्ध नै लगाएको थियो। जुन अहिले पनि यथावत् छ। तर अबैध रूपमा लिबिया जाने क्रम रोकिएको छैन ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्