मौसममा फेरि बदलिको संकेत, भारतमा चक्रवात, नेपालमा भीषण वर्षाको सम्भावना – Janadesh Daily | ePaper

मौसममा फेरि बदलिको संकेत, भारतमा चक्रवात, नेपालमा भीषण वर्षाको सम्भावना


जनादेश काठमाडौं ।

दशैंको मुखमा फेरि मौमस बदलीको सम्भावना बढेको छ । भारत बंगालको खाडीमा चक्रवात विकास भैरहेका कारण त्यस्को प्रभावस्वरुप नेपालमा फेरी मनसुनी स्तरकै वर्षा हुने सम्भावना रहेको मौसमविद्ले जनाएका छन् ।

बंगालको खाडीबाट उत्तर सरेका खण्डमा नेपालमा ठूलो वर्षा हुने सम्भावना रहेको उनीहरुको भनाई छ ।

प्रदेश १ देखि ४ सम्म पानी पार्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानूमान महाशाखाले जनाएको छ । यस विषयमा अध्ययन भैरहेको महाशाखाको भनाई छ ।

मौसमविद्ले नेपालबाट मनसुन विदा हुने क्रममा रहेको बताएका छन् ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्