विवादित भारतीय पत्रकार अर्नव गोस्वामी र उनको टिभीमाथि कारवाही हुँदै – Janadesh Daily | ePaper

विवादित भारतीय पत्रकार अर्नव गोस्वामी र उनको टिभीमाथि कारवाही हुँदै


एजेन्सी ।

भारतका विवादित पत्रकार अर्नब गोस्वामी र उनको टेलिभिजन रिपब्लिक टिभीसहित तीन टेलिभिजनमाथि कारवाही हुने भएको छ ।

पैसा दिएर टेलिभिजन रेटिङ पोइन्ट टीआरपी बढाउने कार्य गरेको आरोपमा उनीहरुलाई कारवाही गर्न लागिएको मुम्बइ प्रहरीले जनाएको छ ।

मुम्बईका प्रहरी कमिस्नर परमविर सिंहले हालसम्म तीन टेलिभिजन च्यानलले टीआरपी कम्पनीलाई पैसा अफर गर्ने गरेको पत्ता लागेको बताए । रिपब्लिक टिभीले भने आरोपलाई अस्वीकार गरेको छ।

अर्नब गोस्वामीले प्रहरी कमिस्नर परमविर सिंहले रिपब्लिक टिभीविरुद्ध झुठो आरोप लगाएको र सुशान्त सिंह राजपुतको मामिलामा उनीविरुद्ध प्रश्न गरेपछि रिसाएको आरोप लगाएका छन् ।

अर्नवले प्रहरीविरुद्ध आपराधिक मानहानीको मुद्दा हाल्ने चेतावनी समेत दिएका छन् ।

मुम्बई प्रहरीका अनुसार बार्कले टीआरपीको काम गर्न हंसा नामको एक एजेन्सीलाई दिएको छ।

हंसा एजेन्सीका अधिकारीहरुले रिपब्लिकसहित केही टेलिभिजनसँग पैसा लिएर उनीहरुको टीआरपी बढाएको प्रहरीको भनाई छ ।

अर्नव नेपालविरुद्ध पनि अनेक हावादारी टीका टिप्पणी गरेर नेपालमा आलोचक कमाएका व्यक्ति हुन् । सीमा विवादको विषयमा उनले नेपालका नेताहरुसँग पनि अन्तर्वार्ता गरेका थिए ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्