एनआरएनएले कान्तोमा रनिङ कप गर्ने – Janadesh Daily | ePaper

एनआरएनएले कान्तोमा रनिङ कप गर्ने


टोकियो ।


गैरआवसीय नेपाली सङ्घ (एनआरएनए) जापानको कान्तो क्षेत्रीय कमिटीले कान्तो रनिङ कप २०२० आयोजनाको तयारी गरेको छ ।

आउँदो नोभेम्बर २९ तारिख जापानको टोकियो नजिकको शहर साइतामामा हुने प्रतियोगितामा प्रथम एनआरएनए कान्तो फुुटस्टल रनिङ कप २०२० मा प्रथम हुने टोलीलाई पाँच लाख येनसहित कप र रनिङ सिल्ड दिने आयोजकले जनाएको छ ।

त्यसैगरी दोस्रो हुने टिमलाई दुई लाख र कप तथा अन्य विभिन्न विधामा पुरस्कार दिइने कार्यक्रम संयोजक तथा एनआरएनए कान्तोका सहसचिव मनोज श्रेष्ठले जानकारी दिनुभयो । खेललाई नेपाल फुटबल सङ्घ जापान र गैरआवासीय नेपाली सङ्घ जापान र मातृ सन्देश डट कमले मिडिया सहयोग गर्ने भएका छन् । जापान भरिको खेलप्रेमीलाई समेटेर प्रथम एनआरएनए कान्तो फुुटस्टल रनिङ कप २०२० हुन लागैकाले झण्डै ३० टिमहरूको सहभागिता हुुने विश्वास राखेको छ ।

उक्त प्रतियोगितामा सहभागी हुनको लागि ४१ हजार येन दर्ता शुल्क लाग्ने आयोजकले जनाएको छ । एनआरएनए कान्तोका कोषाध्यक्ष सागर कार्कीले यसअघि गत मार्च २९ तारिख गर्ने भनिएको उक्त खेल कोरोनाको महामारीले स्थगन भएको जनाउँदै खेल दर्ता खुला भएको जनाउनुभयो । रासस

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्