आइपिएलः राजस्थानको तेश्रो जित, हैदरावाद पराजित – Janadesh Daily | ePaper

आइपिएलः राजस्थानको तेश्रो जित, हैदरावाद पराजित


एजेन्सी।

राजस्थान रोयल्सले इण्डियन प्रिमियर लिग आईपीएल टी-ट्वान्टी क्रिकेटमा तेस्रो जित निकालेको छ ।

दुबईमा आइतबार भएको खेलमा सनराइजर्स हैदराबादलाई ५ विकेटले पराजित गर्दै राजस्थानले तेस्रो जित निकालेको हो ।

हैदराबादले दिएको १ सय ५९ रनको लक्ष्य राजस्थानले १९ ओभर ५ बलमा मात्र ५ विकेट गुमाएर पूरा गर्‍यो । राजस्थानको जितमा राहुल टेवाटिया र रियान परागले उत्कृष्ट इनिङ्स खेले ।

राहुलले अविजित ४५ रन जोड्दा रियान ४२ रनमा अविजित रहे । दुबैले छैठौँ विकेटका लागि ८५ रनको साझेदारी गरे ।

यस्तै सन्जु सामसनले २६ रन जोड्दा रोबिन उथप्पाले १८ रन बनाए । जोस बट्लरले १६ रन जोडे । हैदराबादका राशिद खान र खलिल अहमेदले २/२ विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको हैदराबादले २० ओभरमा ४ विकेट गुमाएर १ सय ५८ रन बनाएको थियो ।

हैदराबादका लागि मनिस पाण्डेले ५४ रनको अर्धशतकीय इनिङ्स खेले । कप्तान डेभिड वार्नर ४८ रनमा आउट हुँदा जोनी बेयरस्टोले १६ रन बनाए । केन विलियम्सन २२ रनमा अविजित रहदा प्रियम गार्गले १५ रन बनाए ।

जितसँगै राजस्थानले ७ खेलमा ६ अंक जोडेको छ । राजस्थान तालिकाको छैठौँ स्थानमा उक्लिएको छ ।

हैदराबाद ७ खेलमा ६ अंक नै जोडेको हैदराबाद रनरेटका आधारमा राजस्थानभन्दा माथि अर्थात पाँचौँ स्थानमा छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्