एजेन्सी ।
स्पेनिस टेनिस स्टार राफायल नाडालले फ्रेन्च ओपन टेनिसको उपाधि १३औं पटक जितेका छन् ।
पेरिसमा आइतबार भएको फाइनलमा विश्व नम्बर एक नोभाक जोकोभिचलाई पराजित गर्दै नाडालले १३औं पटक फ्रेन्च ओपन जित्दै नयाँ कीर्तिमान कायम गरेका छन् ।
कोर्टका बादशाह मानिने नाडालले फाइनलमा सर्बियन जोकोभिचलाई ६-०, ६-२ र ७-५ को सेटमा हराएका हुन् ।
दोस्रो वरियताका नाडालले लगातार चौंथो वर्ष फ्रेन्च ओपन जितेका हुन् । जोकोभिच भने दोस्रो पटक फ्रेन्च ओपन जित्न असफल भएका छन् ।
नाडाल १३ पटक फ्रेन्च ओपनको उपाधि जित्ने एक्लो खेलाडी बनेका छन् । नाडालले पहिलोपटक सन् २००५ मा फ्रेन्च ओपन जितेका थिए ।
३४ वर्षीय नाडालको यो करियरको २०औं ग्राण्डस्लाम उपाधिसमेत हो ।
यससँगै नाडालले स्वीस स्टार रोजर फेडेररले बनाएको सर्वाधिक २० ग्राण्डस्लाम उपाधि जित्ने खेलाडीको कीर्तिमानमा बराबरी गरेका छन् ।