कर्णालीमा १२ नयाँ सङ्क्रमित, १३ डिस्चार्ज – Janadesh Daily | ePaper

कर्णालीमा १२ नयाँ सङ्क्रमित, १३ डिस्चार्ज


कर्णाली (रासस) :

पछिल्लो चौबिस घण्टामा कर्णाली प्रदेशमा १२ जना कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका अनुसार सुर्खेत, दैलेख, जुम्ला र चौरजहारी प्रयोगशालामा गरिएको पिसिआर परीक्षणका क्रममा १२ जनामा सङ्क्रमण पुष्टि भएको हो । योसँगै कर्णालीमा कोरोना सङ्क्रमितको सङ्ख्या एक हजार ७२६ पुगेको छ । नयाँ पहिचान भएकामा दैलेखका पाँच, जाजरकोट, सल्यानका दुई/दुई, मुगु, सुर्खेत र रुकुम पश्चिमका एक जना रहेका छन् । उनीहरु सबै स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको मन्त्रालयले जनाएको छ ।

नियमित मिडिया ब्रिफिङका क्रममा मन्त्रालयका स्वास्थ्य सेवा महाशाखा प्रमुख डा लक्ष्मीनारायण तिवारीले पछिल्लो चौबिस घण्टामा १३ जना सङ्क्रमित कोरोना निको भई घर फर्किएको बताउनुभयो । प्रदेश अस्पताल सुर्खेतबाट एक, नारायण आइसोलेसन सेन्टरबाट एक, महाबु आइसोलेसन सेन्टरबाट दुई, बनगाड कुपिन्डे आइसोलेसन सेन्टरबाट नौ जना सङ्क्रमणमुक्त भई घर फर्किएका हुन् । योसँगै प्रदेशमा कोरोना सङ्क्रमणमुक्त भई घर फर्किनेको सङ्ख्या एक हजार ४८८ पुगेको छ ।

हाल कर्णालीमा २३२ जनामात्र कोरोनाका सक्रिय बिरामी छन् । उनीहरुको विभिन्न अस्पताल तथा आइसोलेसन सेन्टरमा उपचार भइरहेको छ । प्रदेशमा हालसम्म कोरोना सङ्क्रमणका कारण छ जनाको मृत्यु भइसकेको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्