कोरोनाविरुद्धको खोपमा अर्को झट्का, जोन्सन एन्ड जोन्सन खोप परीक्षण रोकियो – Janadesh Daily | ePaper

कोरोनाविरुद्धको खोपमा अर्को झट्का, जोन्सन एन्ड जोन्सन खोप परीक्षण रोकियो


एजेन्सी ।


औषधि निर्माता कम्पनी जोन्सन एन्ड जोन्सनले कोरोना भाइरसविरुद्धको खोप परीक्षण स्थगित गरेको छ । परीक्षणमा सहभागी एक जना बिरामी भएपछि तत्कालका लागि परीक्षण रोकिएको कम्पनीले जानकारी दिएको हो।

एक जना सहभागी बिरामी भएपछि अस्थायी रुपमा कोभिड-१९ खोपका सबै क्लिनिकल ट्रायल स्थगित गरेको कम्पनीको भनाई छ । कम्पनीले करिब ६० हजार व्यक्तिलाई परीक्षणमा सहभागी गराउने बताएको थियो।

सेप्टेम्बरको अन्तिम सातातिरबाट कम्पनीले तेस्रो चरणको परीक्षणका लागि सहभागी हुने व्यक्ति छनोट गरेको थियो । अर्जेन्टिना, चिली, कोलम्बिया, मेक्सिको, पेरु, दक्षिण अफ्रिका, अमेरिकालगायतका मुलुकबाट परीक्षणमा सहभागी हुने व्यक्ति छनोट भइरहेको थियो ।

जोन्सन एन्ड जोन्सनले परीक्षणमा सहभागी व्यक्ति बिरामी भएकोबारे एउटा स्वतन्त्र कमिटीले समीक्षा गरिरहेको जनाएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्