जग्गा किन्ने बाहनामा लुटपाटपछि हत्या गरी फरार रहेका तीन पक्राउ – Janadesh Daily | ePaper

जग्गा किन्ने बाहनामा लुटपाटपछि हत्या गरी फरार रहेका तीन पक्राउ


जनादेश, काठमाडौँ ।

जग्गा किन्ने बाहनामा लुटपाटपछि हत्या गरी फरार रहेका तीन जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोकका ३७ वर्षीय कामी लामा, २३ वर्षीय रमेश तामाङ र २७ वर्षीय प्रेम तामाङ रहेका छन् । महानगरीय अपराध महाशाखाको टोलीले उनीहरूलाई काठमाडौंको विभिन्न स्थानबाट पक्राउ गरेको हो ।

आरोपीहरुले गत बुधबार चाँगुनारायण नगरपालिका ८ सुँडालका ६१ वर्षीय चन्द्रकुमार योन्जनलाई जग्गा किन्ने बाहनामा लुटपाट गरी कुटपिट गरेका थिए । उनीहरुले योन्जनको साथमा रहेको सुनको ब्रासलेट र मोबाइल लुटेका थिए । कुटपिटपछि गम्भीर घाइते भएका योन्जनको उपचारको क्रममा बिहीबार काठमाडौंस्थित ग्रिनसिटी अस्पतालमा मृत्यु भएको थियो।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्