एजेन्सी ।
नेसन्स लिग फुटबलमा स्पेनको अपराजित यात्रा रोकिएको छ । तीन खेलसम्म अपराजित रहेको स्पेन चौथो खेलमा युक्रेनसँग १–० गोलले पराजित भएको हो ।
स्पेनको अपराजित यात्रामा पूर्णविराम लगाउन युक्रेनी घरेलु टोलीका भिक्टोर टिसीगान्कोभले ७६औँ मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । युक्रेनले गत महिना भोगेको हारको बदला लिएको छ ।
अघिल्लो महिना युक्रेन स्पेनसँग ४–० ले पराजित भएको थियो । किभमा २० हजार समर्थकमाझ मंगलबार राति खेलिएको खेलमा स्पेनले घरेलु टोलीलाई दवावमा राखे पनि रक्षापङ्ति तोडन सकेन ।
युक्रेनसँग हारे पनि स्पेन लिग ‘ए’ ४ को शीर्षस्थानमा यथावत रहेको छ । स्पेनको ४ खेलमा २ जित, एक बराबरी र एक हारसहित ७ अंक रहेको छ ।