नेकपा स्थायी कमिटी बैठक आज – Janadesh Daily | ePaper

नेकपा स्थायी कमिटी बैठक आज


चन्द्रप्रकाश नेपाली
पटकपटक स्थगित हुँदै आएको सत्तारुढ नेपाल कम्युनिष्ट पाटी नेकपाको स्थायी कमिटीको बैठक आज बस्दैछ ।

प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीको राजीनामा मागपछि बढेको विवादका कारण बैठक स्थगित हुँदै आएको थियो । असार १७ गते यता चार पटकसम्म स्थगित स्थायी कमिटी बैठक आज बिहान ११ बजेका लागि बोलाइएको छ ।

यस बीचमा शीर्ष नेताहरुले सहमतिको प्रयास गरे पनि अझै टुंगिएको छैन । सहमतिको लागि अझै केही समय लिने नेताहरुको तयारी छ ।

आजको स्थायी कमिटी बैठक औपचारिकताको लागि मात्रै बस्ने र स्थायी कमिटीबाट केन्द्रीय कमिटी बैठक बोलाउने तयारी भएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्