कारवाही सुरु गर्न विप्लवको निर्देशन – Janadesh Daily | ePaper

कारवाही सुरु गर्न विप्लवको निर्देशन


एघार महिनामा विप्लव समूहका ३७५ ...

जनादेश संवाददाता

काठमाडौं । सरकारद्वारा प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’ले स्थगित गरिएको ‘कारवाहीका कार्यक्रमहरु’ पुनः सूचारु गर्न निर्देशन दिएका छन्।

आवश्यकताअनुसार प्रतिरक्षात्मक एवं प्रतिरोधात्मक कारवाहीहरु संचालन गर्न सबै पाटीपंक्तिलाई विशेष निर्देशन गर्दछौं प्रेस वक्तव्यमा भनिएकोछ ।

कोरोना संक्रमणका कारण लकडाउन जारी भएपछि विप्लवले यसअघि विज्ञप्ति जारी गर्दै कामकारवाही स्थगित गरिएको जनाएका थिए।

तर, लकडाउनकै बीच थुप्रै कार्यकर्तालाई प्रहरीले पक्राउ गरेपछि विप्लवको पछिल्लो विज्ञप्ति आएको हो।

बुधबार मात्रै प्रहरीले कैलालीबाट नेकपाका केन्द्रीय सदस्य तथा सेति-महाकाली इन्चार्ज ओम प्रकाश पुन र उनकी पत्नी पूर्णीमा पुनलाई गिरफ्तार गरेको थियो।

उक्त पार्टीले भ्रष्टाचारीहरु आफ्नो निशानामा रहने बताउँदै आएको छ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्