विश्राममा रहेका युरोपेली मुलुकका मुख्य लिगहरु आज शनिबारदेखि सुरु हुँदैछन् । युरोपमा नेसन्स लिग, दक्षिण अमेरिकामा विश्वकप छनोट तथा अन्य देशमा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलहरु सञ्चालन भैरहेपनि विश्वकै प्रमुख लिगहरु भने आजदेखि सुचारु हुन लागेका हुन् ।
इंग्लिस प्रिमियर लिग, ला लिगा, सिरी ए, बुन्डेस लिगा लगायलका लिगहरु दुई साताको विश्रामपछि सुरु हुनेछन् । फ्रान्सको लिग वान भने हिजोदेखि सुरु भइसकेको छ ।प्रिमियर लिगमा आज ४ खेलहरु हुनेछन् ।
साँझ सवा ५ बजेदेखि एभर्टन र लिभरपुल, पौने ८ देखि चेल्सी र साउथह्याम्प्टन, सवा १० देखि म्यानचेस्टर सिटी र आर्सनल तथा राती पौने १२ देखि न्युकाशल र म्यान्चेस्टर युनाइटेड आमने सामने हुनेछन् ।यस्तै जर्मन बुन्डेस लिगमा आज ७ खेलहरु हुनेछन् ।
बोरुसिया डर्टमन्डले होफिनहेमसँग खेल्ने खेल साँझ वा ७ बजेदेखि हुनेछ । राती सवा १० बजेदेखि साविक विजेता बार्यन म्युनिखले अर्मिनिया बेलेफेल्डसँग खेल्नेछ ।यसैगरी स्पेनिस ला लिगा र इटलीको सिरी एमा समान ४४ खेल हुनेछन् ।
ला लिगामा दिउँसो पौने ५ देखि ग्रानाडा र सेभिया, पोने ८ देखि सेल्टा भिगो र एट्लेटिको मड्रिड, सवा १० देखि रियल मड्रिड र साडिज तथा राती पौने १ देखि गेटाफे र बार्सिलोना भिड्दैछन् ।
सिरी ए मा साँझ पौने ७ देखि नापोली र एट्लान्टा, पोने १० देखि इन्टरमिलान र एसी मिलान, सोही समयमा साम्दोरिया र लाजियो तथा राती साढे १२ देखि क्रोटोन र युभेन्टस खेल्नेछन् ।