चीनले जित्यो कोरोना, मन्दीबाट उठ्दै अर्थतन्त्रमा उल्लेख्य सुधार – Janadesh Daily | ePaper

चीनले जित्यो कोरोना, मन्दीबाट उठ्दै अर्थतन्त्रमा उल्लेख्य सुधार


एजेन्सी ।
विश्वव्यापी कोरोना महामारीकाबीच चीनको अर्थतन्त्रमा सुधार देखिएको छ । महामारीका कारण विश्वका अधिकांश मुलुकको अर्थतन्त्र मन्दी तर्फ धकेलिएको बेला दोश्रो ठुलो अर्थतन्त्र चीनको पछिल्लो त्रैमासिकमा आर्थिक वृद्धिदर ४ दशमलब ९ प्रतिशत पुगेको छ ।
अर्थशास्त्रीले जुलाई देखि सेप्टेम्बर सम्म आर्थिक वृद्धि ५ दशमलब २ प्रतिशत हुने प्रक्षेपण गरेका थिए । सोमबार जारी गरिएको आँकडामा आर्थिक पुरुत्थानको गति बढिरहेको बताइएको छ । तर केहि अर्थविदले सार्वजानिक आँकडाको यथार्थता आंशका भने व्यक्त गरेका छन् ।
गत डिसेम्बर वुहान शहरमा कोरोना प्रकोप सुरु भएपछि यो वर्षको प्रारम्भमा अर्थतन्त्र ५ प्रतिशतले ऋणात्मक भएको थियो ।
कोरोना रोकथाम र नियन्त्रण गर्ने क्रममा देशभरका कलकारखाना र उत्पादनशिल प्लान्ट बन्द हुदाँ पहिलो त्रैमासिकमा अर्थतन्त्र ६ दशमलब ८ प्रतिशतले गिरावट आएको थियो । सन् १९ सय ९२ पछि पहिलो पटक चीनको अर्थतन्त्र ऋणात्मक भएको थियो ।
यस्तै सेप्टेम्बरमा चीनको व्यापारिक आँकडाले सुधार निकै राम्रो भएको देखाएको छ । निर्यात ९ दशमलब ९ प्रतिशतले वृद्धि भएको छ भने आयात १३ दशमलब २ प्रतिशतले वृद्धि भएको छ ।
अघिल्लो दुइ दशकमा चीनको आर्थिक वृद्धिदर औषत करिब ९ प्रतिशत रहेको थियो । यद्यपी आर्थिक वृद्धिदर भने क्रमशः ओरालो लागेको थियो । कोरोना महामारीले यो वर्षको आर्थिक वृद्धिदरको लक्ष्यमा नराम्रो प्रभाव पारेको छ भने अमेरिकासँगको व्यापार युद्धले पनि वृद्धिदरमा व्यापक असर पारेको छ ।
"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्