सरकारप्रतिको भरोसा समाप्त भएको कांग्रेसको निस्कर्ष – Janadesh Daily | ePaper

सरकारप्रतिको भरोसा समाप्त भएको कांग्रेसको निस्कर्ष


जनादेश, काठमाडौँ ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कोरोना संक्रमितको उपचार नगर्ने निर्णयसँगै सरकारप्रतिको भरोषा सकिएको बताएको छ । कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सोमबार जारी गरेको एक प्रेस विज्ञप्तिमा संकटको बेला सरकार जिम्मेवारीबाट उम्कन नमिल्ने समेत उल्लेख छ ।

संक्रामक रोग उपचारको कानुनी व्यवस्था अनुरुप पनि सरकार जिम्मेवारीबाट पन्छिन नमिल्ने र महामारीबाट जनतालाई जोगाउन असफल सरकारले परीक्षण र उपचारको दायित्वबाट पन्छिन गरेको निर्णय अत्यन्तै गैह्रजिम्मेवार व्यवहार भएको कांग्रेसको निष्कर्ष छ ।

कोभिड अस्पतालको अनिश्चितता, सामुदायिक आइसोलेसनहरु तयार गर्न ढिलाइ, भेन्टिलेटर अभाव, रेमडिसिभिरको कालोबजारी, अव्यवस्थित क्वारेन्टिन र शव व्यवस्थापनसम्म लहडको नीतिले ‘सरकारको बौद्धिक र भौतिक दुवै अस्तित्वमा भयानक प्रश्न चिन्ह’ खडा गरिसकेको विज्ञप्तिमा उल्लेख छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्