आज देशभर थप ३ हजार ७९० जनामा कोरोना संक्रमण पुष्टि, २ हजार ३३५ डिस्चार्ज – Janadesh Daily | ePaper

आज देशभर थप ३ हजार ७९० जनामा कोरोना संक्रमण पुष्टि, २ हजार ३३५ डिस्चार्ज


जनादेश, काठमाडौं ।

आज देशभर थप ३ हजार ७९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै कुल संक्रमितको संख्या १ लाख ३६ हजार ३६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै, आज थप २ हजार ३३५ जना डिस्चार्ज भएसँगै कोरोना मुक्त हुनेको संख्या ९४ हजार ५०१ पुगेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जनाएका छन् । पछिल्लो २४ घण्टामा १५ हजार ७१४ जनाको पिसिआर परीक्षण गरिएको थियो जसमा ३ हजार ७९० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

हालसम्म देशभर ४० हजार ७७८ जना सक्रिय संक्रमित छन्।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्