नेकपा स्थायी कमिटी बैठक साउन ४ मा – Janadesh Daily | ePaper

नेकपा स्थायी कमिटी बैठक साउन ४ मा


जनादेश संवाददाता
काठमाडौँ  । आजका लागि तोकिएको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटीको बैठक यही साउन ४ गतेका लागि सरेको छ ।
आन्तरिक विवादमा सहमति खोज्न शीर्ष नेताहरुको छलफल भइरहेकाले यसअघि पनि बैठक पटक पटक सर्दै आएको छ ।
नेकपा प्रचार तथा प्रकाशन विभागका उपप्रमुख सूर्य थापाले आज बिहान ११ बजेका लागि तोकिएको बैठक आजै अपराह्न ३ बजे बस्ने भनिएकामा पुनः सरेर आइतबार ३ बजे बस्ने तय भएको जानकारी दिनुभयो ।
पार्टी र सरकारको समन्वय, शक्तिको बाँडफाँट, एकताका बाँकी काम, एमसिसी सम्झौता अनुमोदन आदि कार्यसूची स्थायी कमिटीमा राखिएको छ ।
नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपाल र अन्य नेताहरुबीच विभिन्न चरणमा छलफल चल्दै आएको छ ।
स्थायी कमिटीको बैठक गत असार १० गतेदेखि शुरु भएको थियो ।
"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्