अन्ततः बाबुराम भट्टराई जनता समाजवादीका सर्वोच्च नेता – Janadesh Daily | ePaper

अन्ततः बाबुराम भट्टराई जनता समाजवादीका सर्वोच्च नेता


जनादेश वाच ।
बरीयताको विषयमा अनेकन अड्कलवाजी अन्त्य गर्दै अन्ततः जनता समाजवादी पार्टी नेपालले डा. बाबुराम भट्टराईलाई संघीय परिषद् अध्यक्ष बनाएको छ ।

जसपाको केन्द्रीय कार्यकारिणी समितिको बैठकले डा. भट्टराईलाई संघीय परिषद्को अध्यक्ष बनाउने निर्णय गरेको हो।

बैठकपछि बुधबार पत्रकारहरुसँग कुरा गदै जसपाका नेता गंगानारायण श्रेष्ठले डा. भट्टराईलाई संघीय परिषद् अध्यक्ष बनाउने निर्णय भएको जानकारी दिए ।

समाजवादी पार्टीको केन्द्रीय समितिको आकार ७ सय ७९ सदस्यीय बनाउने निर्णय पनि भएको छ । कार्यकारिणी समितिको बैठकले केन्द्रीय समितिको आकार टुंगो लगाएको हो ।

केन्द्रीय समितिमा पूर्व समाजवादीका ४ सय र पूर्व जसपाका ३७९ सदस्य हुने एक नेताले जानकारी दिए।

बैठकले पाँच केन्द्रीय निकाय र प्रमुख तोकेको छ। जसमा केन्द्रीय सल्लाहकार समिति प्रमुखमा भीम प्रसाद गौतम, केन्द्रीय विज्ञ परिषद् प्रमुखमा डा पुष्पराज राज कर्णिकार, केन्द्रीय अनुशासन आयोग प्रमुखमा लक्ष्मण लाल कर्ण, केन्द्रीय निर्वाचन आयोग प्रमुखमा अनिल कुमार झा र केन्द्रीय लेखापरिक्षण आयोग प्रमुखमा अमरेश नारायण झा छन्। त्यस्तै २९ वटा विभाग र तिनको नेतृत्व टुंगो लगाइएको छ।

नीति, योजना तथा कार्य व्यवस्था विभाग प्रमुख शरद्सिंह भण्डारी; अन्तर्राष्ट्रिय विभाग प्रमुख रकम चेम्जोङ; शिक्षा, विज्ञान तथा प्रविधि विभाग प्रमुख रेणुकुमारी यादव; पर्यटन तथा नागरिक उड्डयन विभाग प्रमुख प्रकाश अधिकारी; राज्य व्यवस्था विभाग प्रमुख राजकिशोर यादव; स्थानीय तथा परिचालन विभाग प्रमुख महेन्द्र राय यादव; समावेशी विभाग प्रमुख हिसिला यमी छन्। समायोजनमा सहजीकरणका लागि विभिन्न कार्यदल गठन गरिएको छ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्