भारतले आफ्नो कब्जामा रहेका चिनियाँ सैनिक दियो फिर्ता – Janadesh Daily | ePaper

भारतले आफ्नो कब्जामा रहेका चिनियाँ सैनिक दियो फिर्ता


एजेन्सी ।

भारतले आफ्नो कब्जामा रहेका चिनियाँ सैनिकलाई मुक्त गरेको छ । पुर्वी लद्दाखको डेमचोकबाट भारतीय सैनिकले चिनियाँ सैनिकलाई नियन्त्रणमा लिएको थियो । भारतीय सेनाले स्थापित आचारसंहिता अनुसार चिनियाँ सैनिकलाई चिनिया सेनलाई सुम्पेको बताएको छ ।

नियन्त्रणमा लिइएका चिनियाँ सैनिकलाई स्वास्थ्य, कपडा र अक्सिजन समेत प्रदान गरिएको भारतीय सेनाले जनाएको छ । गत जुनमा दुइ मुलुकका सैनिकबीच हिंस्रक झडप भएपछि सैन्य तनाब उत्कर्षमा पुगेको थियो । जुन १५ तारिख गलवान उपत्यकामा भएको झडपमा २० भारतीय सुरक्षाकर्मी मारिएका थिए ।

सिमामा बढ्दो तनाब मत्थर गर्ने उद्धेश्य अनुरुप दुइ मुलुकबीच विभिन्न चरणमा सैनिक स्तरिय वार्ता भइरहेको बेला पछिल्लो घटना बाहिरिएको हो । आफ्ना सैनिक कब्जामा परेपछि चिनियाँ सेनाले स्थापित प्रोटोकल अनुसार रिहा गर्न भारतीय सेनासँग आग्रह गरेको थियो । जनसेनाले विज्ञप्ती मार्फत गोठालोलाई सघाउ गर्ने क्रममा आफ्ना सैनिक बेपत्ता भएको जनाएको थियो ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्