रानीपोखरीको किनारमा उभिएर गरेको अठोट पूरा भयो : राष्ट्रपति भण्डारी – Janadesh Daily | ePaper

रानीपोखरीको किनारमा उभिएर गरेको अठोट पूरा भयो : राष्ट्रपति भण्डारी


जनादेश, काठमाडौं ।

राष्ट्रपति विद्यादेवी भण्डारीले रानीपोखरीको किनारमा उभिएर गरेको अठोट पूरा भएकोमा खुसी व्यक्त गरेकी छन् । आज रानीपोखरीको उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले अठोट पूरा भएकोमा खुसी व्यक्त गरेकी हुन् ।

भूकम्पले क्षतिग्रस्त बनेका अन्य सम्पदालाई पनि पुनर्निर्माण गर्ने बताउँदै उनले भनिन् ‘क्षतविक्षत भएका सांस्कृतिक सम्पदालाई बलियो र मौलिक स्वरूपमै पुनर्निर्माण गर्छौं,’।

परम्परागत प्रविधि, शैली र निर्माण सामग्रीको प्रयोग गरी गरिएको पुनर्निर्माणले पुरातात्विक सम्पदाहरूको संरक्षण र पुनर्निर्माणको क्षेत्रमा एउटा उदाहरण प्रस्तुत गरेको उन बताइन् । ‘हाम्रो अठोट थियो, भूकम्पबाट क्षति पुगेका सबै प्रकारका संरचना अझै बलियो र राम्रो गर्ने छौंभन्ने,’ उनले भनिन्, ‘आज रानीपोखरी र दरबार हाइस्कुलको पुनर्निर्माणले त्यो देखाएको छ।’

यस्तै, राष्ट्रपति भण्डारीले दशैं खर्च र दुई महिनाको तलब कोरोना भाइरस संक्रमण रोकथाम तथा उपचार कोषमा जम्मा गर्ने घोषणा गरेकी छन् ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्