आइफिल टावरमा दुई मुस्लिम महिलामाथि चक्कु प्रहार – Janadesh Daily | ePaper

आइफिल टावरमा दुई मुस्लिम महिलामाथि चक्कु प्रहार


एजेन्सी ।

पेरिसको आइफिल टावरमा दुई मुस्लिम महिलामाथि चक्कु प्रहार भएको छ । चक्कु प्रहारबाट घाइते भएका महिलामध्ये एक अल्जेरियाली महिला केन्जा र अर्की एक फ्रान्सेली महिला अमेल भएको बताइएको छ ।

उनीहरु दुवैजना माथि ६ पटक चक्कु प्रहार भएको छ । घाइे उनीहरुलाई अस्पताल भर्ना गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाभ्यमले जनाएका छन् । योे घटना आइतबार राती भएको बताइएको छ । पेरिस प्रहरीले विज्ञप्ति जारी गर्दै अक्टोबर १८ राती करिब ८ बजे प्रहरीलाई दुई महिलामाथि चक्कु हमला भएको सुचना प्राप्त भएको जानकारी दिएको छ ।

यसरी भएको थियो विवाद सुरु

घाइते केन्जाको बयान अनुसार उनीहरु घुम्न निस्किएको बेला दुई वटा कुकुर नजिकै आएपछि विवाद सुरु भएको थियो ।

उनले भनिन्- ‘ कुकुर नजिकै आएपछि हाम्रा बच्चा डराए । मेरी नातेदारले बुर्का लगाएकी थिइन् । उनले कुकुरसँग आएका दुई महिलासँग बच्चा डराएको र त्यहाँबाट कुकुर लगिदिन अनुरोध गरिन् । तर कुकरका मालिकले त्यहाँ बाट जान अस्विकार गरिन् ।’

कुकुर लग्न अस्वीकार गरेपछि उनीहरुबीच विवाद चर्किएको केन्जाले बताइन् । विवादपछि कुकुरसँग आएकी महिलाले चक्कुन निकालेर केन्जा र अमेलमाथि हमला गरेकी थिइन् ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्