कोरोना नियन्त्रणमा सरकारले महत्वपूर्ण सफलता हात पारेको छ : प्रवक्ता गौतम – Janadesh Daily | ePaper

कोरोना नियन्त्रणमा सरकारले महत्वपूर्ण सफलता हात पारेको छ : प्रवक्ता गौतम


जनादेश, काठमाडौँ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले कोरोना नियन्त्रणमा सरकारले महत्वपूर्ण सफलता हात पारेको बताएका छन् ।

यस विषम परिस्थितिमा सरकारले स्वास्थ्य क्षेत्रमा रहेका सम्पूर्ण जनशक्तिलाई कोरोना नियन्त्रणमा केन्द्रित गराएको गौतमले बताए । मन्त्रालयको एक वर्षको उपलब्धि उल्लेख गर्दै प्रवक्ता गौतमले सो कुरा जनाएका हुन् ।

कोरोना परीक्षण क्षमतालाई समेत २५ हजार पुर्‍याएको साथसाथै अस्पताल बेडलगायत आपूर्ति व्यवस्थापनलाई समेत चुस्त बनाइएको उनले बताएका छन् ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्