भारतमा ७७ लाख मानिसलाई कोरोना, १ लाख १६ हजारको मृत्यु – Janadesh Daily | ePaper

भारतमा ७७ लाख मानिसलाई कोरोना, १ लाख १६ हजारको मृत्यु


एजेन्सी ।

भारतमा कोरोना संक्रमितको संख्या ७७ लाख नाघेको छ । पछिल्लो २४ घण्टामा ५६ हजार जनामा संक्रमण देखिएसँगै भारतमा संक्रमितको संख्या ७७ लाख ५ हजार १५८ पुगेको छ ।

संक्रमितमध्ये अहिलेसम्म ६८ लाख ७१ हजार ८९८ जना संक्रमणमुक्त भएका छन् । ७ लाख १६ हजार ६०७ जनाको उपचार भइरहेको छ ।

भारतमा कोरोना संक्रमणले मृत्यु हुनेको संख्या १ लाख १६ हजार नाघेको छ ।

पछिल्लो २४ घण्टामा भारतमा थप ७०३ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या १ लाख १६ हजार ६५३ पुगेको छ ।

भारतको महाराष्ट्र प्रदेश सबभन्दा बढी आक्रान्त बनेको छ। त्यस्तै तीन दक्षिणी राज्यहरू आन्ध्र प्रदेश, तामिलनाडु र कर्नाटक प्रदेश बढी आक्रान्त बनेका छन्।

भारतमा झण्डै ७ करोड मानिसको कोरोना परीक्षण भैसकेको भएपनि जनसंख्याको अनुपातमा जाँच संख्या कमी रहेको विज्ञहरुको भनाई छ ।

भारतको जाँच अनुपात संसारमा सबैभन्दा कम मध्येमा पर्छ । यसको अर्थ भारतको अवस्था अहिलेको भन्दा भयावह हुनसक्छ र भारतले संक्रमित र मृत्यु हुने दुवै संख्यामा अमेरिकालाई पनि पछि पार्न सक्ने अनुमान छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्