कोरोना महामारीः विश्वमा एकदिनमै थपिए ४ लाख ३७ हजार बिरामी – Janadesh Daily | ePaper

कोरोना महामारीः विश्वमा एकदिनमै थपिए ४ लाख ३७ हजार बिरामी


एजेन्सी ।

गत चौबीस घण्टमा विश्वभर एकैदिन ४ लाख ३७ हजार जनाभन्दा बढीमा संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा मात्रै विश्वभर ४ लाख ३७ हजार २ सय १३ जनामा संक्रमण भएसँगै यो समाचार तयार पार्दासम्म संक्रमित संख्या ४ करोड १४ लाख ६२ हजार नाघेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा २ लाख ६७ हजार ९९३ जना निको भएर घर फर्किएका छन् । योसँगै संक्रमण मुक्त हुनेको संख्या ३ करोड ८ लाख ८७ हजार ४१८ पुगेको छ ।

यस्तै एकै दिन थप ६ हजार ७९७ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणले विश्वभर मृत्यु हुनेको संख्या ११ लाख ३५ हजार ६४५ पुगेको छ ।

सबैभन्दा धेरै संक्रमित भएको अमेरिकामा ८५ लाख ८१ हजारभन्दा बढीमा संक्रमण पुष्टि भएको छ ।

दोस्रो धेरै संक्रमण भएको मुलुक भारतमा संक्रमित संख्या ७७ लाख नाघेको छ । यस्तै ब्राजिलमा संक्रमित संख्या ५३ लाख पुगेको छ । ब्राजिल विश्वमा तेस्रो धेरै संक्रमण भएको मुलुक हो ।

कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरूमा २ लाख ४३ हजार ७१५ जनाको मृत्यु भएको छ । ७५ लाख १३ हजार ५४६ जना संक्रमित भएकोमा ३३ लाख ५ हजार २३० जना संक्रमणमुक्त भएका छन् ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्