कोरोना संक्रमणबाट थप एकको मृत्यु – Janadesh Daily | ePaper

कोरोना संक्रमणबाट थप एकको मृत्यु


चन्द्रप्रकाश नेपाली

नेपालमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु गएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४० पुगेको छ ।
धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आइसोलेसनमा उपचाररत एक जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रबक्ता डा.जागेश्वर गौतमले जानकारी दिनुभएको छ ।

सप्तरीका ७३ वर्षीय वृद्धको गएराति मृत्यु भएको वीपी मन्त्रालयले जनाएको छ । असार ३१ गते अस्पतालमा भर्ना गरिएको उनको स्वाब परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको थियो ।

मृतक उच्च रक्तचाप, मधुमेह र मुटुका बिरामी रहेको मन्त्रालयले जनाएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्