‘नीति तथा कार्यक्रम कार्यान्वयनका लागि सम्झौता’ – Janadesh Daily | ePaper

‘नीति तथा कार्यक्रम कार्यान्वयनका लागि सम्झौता’


वाग्मती, रासस :

वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश सरकारले ल्याएका नीति तथा कार्यक्रम र बजेटलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न मन्त्रीहरुसँग सम्झौता गरिएको बताउनुभयो ।

शुक्रबार मुख्यमन्त्री कार्यालयमा प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री अरुण नेपालसँग कार्यसम्पादन कारारपछि मुख्यमन्त्री पौडेलले प्रदेश सरकारका कार्य अघिल्ला वर्षहरुमा भन्दा आगामी आर्थिक वर्षमा चुस्त हुने विश्वास व्यक्त गर्नुभयो ।

प्रदेशले नयाँ अभ्यासको थालनी गरेको मुख्यमन्त्री पौडेलले दावी गर्नुभयो । सङ्घीय सरकारले शुरु गरिसकेको अभ्यास प्रदेश सरकारले पहिलो पटक गर्न लागेको उहाँको भनाइ थियो ।

प्रदेश सरकारले निर्धारण गरेको नीति, कार्यक्रमलाई सम्बोधन गर्नेगरी एक वर्षको काम गर्ने प्रतिबद्धतालाई पूर्णरुपमा कार्यान्वयन गर्न दुईतर्फी प्रतिबद्धता जनाइएको मुख्यमन्त्री पौडेले बताउनुभयो ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्