सिरियाको इडलिबमा रुसको हवाई हमला, ५० टर्किस लडाकु मारिए – Janadesh Daily | ePaper

सिरियाको इडलिबमा रुसको हवाई हमला, ५० टर्किस लडाकु मारिए


एजेन्सी ।
उत्तर सिरियाको इडलिब प्रान्तमा रुसले गरेको हवाई हमलामा ५० भन्दा बढी टर्की समर्थक लडाकुको मृत्यु भएको छ।

घटनामा कैयौं लडाकु घाइते भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । हवाई हमलापछि त्यस क्षेत्रमा हिंसा बढेको छ।

फेयलक अल साम नामक संगठनको प्रशिक्षण आधारलाई निशाना बनाएर आक्रमण गरिएको थियो । यस आक्रमणपछि रुस र टर्कीको मध्यस्थतामा इडलिबमा गरिएको युद्धविराम खतरामा परेको छ । सिरियामा जारी गृहयुद्धमा रुस र टर्कीका विरोधी पक्षले समर्थन गरिरहेको छ।

बेलायतस्थित मानव अधिकार संगठन सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार मारिएका लडाकुकको संख्या ७८ सम्म पुग्न सक्छ। किनकि धेरै जना घाइतेको अवस्था गम्भीर छ, जसले गर्दा मृतकको संख्या बढ्ने सम्भावना छ।

युद्धविराम भएयता त्यस क्षेत्रमा सिरियाका सेनाले हमला रोकेका थिए । जहाँका १० लाखभन्दा बढी व्यक्तिले घर छाडेका छन्।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्