वेस्ट ह्याम प्रिमियर लिगमै – Janadesh Daily | ePaper

वेस्ट ह्याम प्रिमियर लिगमै


लन्डन । वेस्ट ह्याम युनाइटेडले शुक्रबार इंग्लिस प्रिमियर लिगको रेलिगेसनबाट बच्ने लगभग निश्चित गरेको छ । उसले घटुवाको तनावमा रहेको वाटफोर्डलाई लन्डन स्टेडियममा ३-१ ले हरायो ।

वेस्ट ह्यामका तीनै गोल पहिलो हाफमा भएका थिए । तनावपूर्ण प्रतिस्पर्धा हुने मानिएको खेलमा ३६ मिनेटभित्र वेस्ट ह्याम तीन गोलले अगाडि रहेको थियो र यसका लागि माइकल एन्टोनियो, टोमस सोसेक र डेक्लाय्न राइसले गोल गरे ।

वाटफोर्डका तर्फबाट ट्रोय डेनीले एक गोल फर्काए । अगस्टयता वेस्ट ह्यामको यो लगातार दोस्रो जित हो । यससँगै वेस्ट ह्यामको ३७ अंक भएको छ र १५ औं स्थानमा उक्लेको छ ।

यो रेलिगेसन क्षेत्रबाट छ अंकको अग्रता हो । वाटफोर्ड भने अन्तिम तीन स्थानबाट तीन अंक मात्र माथि छ र अबका बाँकी दुई खेलमा उसले म्यानचेस्टर सिटी र आर्सनलको सामना गर्नेछ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्