विश्व कोरोना अपडेट : पाँच लाख ९९ हजार ३४१ को मृत्यु, एक करोड ४१ लाख ८९ हजार संक्रमित – Janadesh Daily | ePaper

विश्व कोरोना अपडेट : पाँच लाख ९९ हजार ३४१ को मृत्यु, एक करोड ४१ लाख ८९ हजार संक्रमित


जनादेश, काठमाडौँ ।

महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमणका कारण विश्वभर हालसम्म पाँच लाख ९९ हजार ३४१ जनाको मृत्यु भएको छ । पछिल्लो तथ्यांक अनुसार विश्वभर संक्रमितको संख्या एक करोड ४१ लाख ८९ हजार २२३ पुगेको छ भने ८४ लाख ५५ हजार २०६ जना उपाचारपछि कोरोना मुक्त भएका छन् ।

अहिले विश्वकै कोरोना प्रभावित मुलुक संयुक्त राज्य अमेरिका भएको छ । अमेरिकामा संक्रमणका कारण एक लाख ४२ हजार ६४ जनाको मृत्यु भएको छ भने ३७ लाख ७० हजार १२ जना संक्रमित फेला परेका छन् । अमेरिकापछि महामारीको चपेटामा परेको दोस्रो देश हो ब्राजिल जहाँ ७७ हजार ९३२ जनाको मृत्यु भइसकेको छ भने २० लाख ४८ हजार ६९७ जना संक्रमित भेटिएका छन् ।

यस्तै, भारत २६ हजार २८५, इटलीमा ३५ हजार २८, स्पेनमा २८ हजार ४२०, फ्रान्समा ३० हजार १५२, इरानमा १३ हजार ७९१, बेल्जीयममा ९ हजार ७९५, जर्मनीमा ९ हजार १६०, नेदरल्याण्डमा ६ हजार १३८, टर्कीमा ५ हजार ४५८, स्वीजरल्याण्डमा १ हजार ९६९ जनाको मृत्यु भइसकेको छ ।

विश्वका २१३ मुलुकमा फैलिएको कोरोना संक्रमणका कारण नेपालमा हालसम्म १७ हजार ४४५ जना कोरोना संक्रमित भेटिएको पुष्टि भएको छ भने ४० जनाको मृत्यु भइसकेको छ । यस्तै, ११ हजार ५३४ जना संक्रमित कोरोनामुक्त भएका छन् ।

पहिलो पटक कोरोना संक्रमण देखापरेको चीनमा भने हालसम्म ४ हजार ६३४ जनाको मृत्यु भएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्