सुनसरीमा सशस्त्र र तस्कर समूहबीच गोली चल्यो, दुई घाइते – Janadesh Daily | ePaper

सुनसरीमा सशस्त्र र तस्कर समूहबीच गोली चल्यो, दुई घाइते


जनादेश, काठमाडौं ।

सुनसरीमा सशस्त्र प्रहरी बल र तस्कर समूहबीच भएको झडपमा दुई जना घाइते भएका छन् ।

घाइते हुनेमा प्रहरीका जवान जीवराज विशंखे र तस्कर समूहका साहजब जट रहेको प्रहरीले जनाएको छ । हरिनगरा गाउँपालिका–७ जटबरास्थित दशगजामा भारतबाट अवैध रुपमा सामान ल्याउँदै गरेको समूहलाई बिओपी घुस्कीबाट खटिएको सशस्त्रको टोलीले नियन्त्रणमा लिन खोजेपछि झडप भएको हो ।

घाइतको धरानस्थित घोपा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्