ओलीले पार्टी निर्णय विपरित फेरि फाल्न थाले जबज मदन भण्डारी फाउण्डेसनको पासा – Janadesh Daily | ePaper

ओलीले पार्टी निर्णय विपरित फेरि फाल्न थाले जबज मदन भण्डारी फाउण्डेसनको पासा


जनादेश वाच

पार्टीका सबै कमिटीमा अल्पमतमा पर्न थालेपछि प्रधानमन्त्री केपी ओलीले सके पूर्वएमालेलाई एक ठाउँमा ल्याउने नसके ध्रुवीकरण तीव्र पार्ने रणनीति अख्तियार गरेका छन् ।

ओलीले पार्टीभित्र ध्रुवीकरणका लागि आफ्नो गुटका भेला थालेका हुन् । ओली पक्षले मंगलबार गोप्य भेलाको आयोजना गरेको हो । ओली पक्षले जुम मिटिङमार्फत् आफ्ना कुरा राख्न थालेको छ ।

स्रोतका अनुसार ओली समूहले बुधबार प्रदेश नम्बर एकको कमिटी स्तरीय भेला आयोजना गरेको थियो । भेलामा १७ जना नेताहरुले पार्टीको पछिल्लो विवादबारे जिज्ञासा राखेका थिए ।

नेताहरुलाई ओलीले जनताको बहुदलीय जनबाद(जबज)मा एक हुनुपर्ने, नभए आफूहरु सकिने भन्दै कडा निर्देशन दिए । जबजलाई पूर्वएमालेमा मात्रै नभएर पूर्वमाओवादीले पनि आत्मसाथ गर्न सक्ने उनको भनाई छ। पूर्वएमाले नेता मदनभण्डारीद्वारा उत्पादित विचार जबज र पूर्वमाओवादीको २१ सौँ शताब्दीको जनवादका राम्रा पक्षलाई समेटेर नेकपाले तात्कालिक कार्यक्रम जनताको जनवाद बनाउने निर्णय गरेको थियो।


उपप्रधानमन्त्री रहेका नेकपा सचिवालय सदस्य ईश्वर पोखरेलले भेलालाई विशेष सम्बोधन गरेका थिए ।
भेलामा उनले अहिले नै एकता नभत्कने पनि तर पूर्वएमाले र पूर्वमाओवादी भन्दा पनि विचार मिल्नेहरु एकठाउँमा उभिने बताए । त्यस्तै पोखरेले कर्णाली प्रदेशका मुख्यमन्त्रीले प्रमुख सचेतकलाई हटाएर गल्ती गरेको भन्दै नसच्याए परिणाम भयावह हुने चेतावनी पनि दिएका छन् ।

स्थायी कमिटी बैठकको निर्णयविपरीत निर्देशन

सम्बोधनका क्रममा ओली र पोखरेलले प्रदेश नम्बर एकका सबै जिल्ला र निर्वाचन क्षेत्रमा मदन भण्डारी फाउन्डेसन सक्रिय तुल्याउन निर्देशन दिएका थिए । पोखरेलको निर्देशन २६ गते सकिएको स्थायी कमिटी बैठकको निर्णयविपरीत हो । स्थायी कमिटी बैठकले नेताहरूको नाममा खुलेका प्रतिष्ठानहरूलाई नियमन गर्ने निर्णय गरेको थियो ।

भदौ २६ मा सम्पन्न स्थायी कमिटी बैठकले नेताहरूको नाममा खुलेका प्रतिष्ठानहरूलाई नियमन गर्ने निर्णय गरेको थियो ।

यस्तो थियो स्थायी कमिटीको बैठकपछि सर्कुलर गरिएको अन्तरपार्टी निर्देशनः
“पार्टीका विभिन्न नेताका नाममा विभिन्न प्रष्ठिान वा संघ÷संस्थाहरू परिचालित छन् । यी मध्ये अधिकाङ्श गुटबन्दीको माध्यम बन्दै गएका छन् । गुटबन्दी रोक्न प्रतिष्ठानहरूलाई नियमन गर्न जरुरी छ । त्यसका लागि निम्नानुसार गर्ने : पार्टीले यस्ता संस्थाहरूमा नेता वा कार्यकर्ताको संलग्नता र तिनको आर्थिक स्रोत तथा क्रियाकलापका बारेमा तथ्यपरक जानकारी प्राप्त गर्ने । त्यस्ता संस्थाहरूमा पार्टीका नेता, कार्यकर्ता वा सदस्यहरूको संलग्नताको स्वरूप निश्चित गर्ने । सचिवालयले प्रतिष्ठानहरूको सञ्चालन, व्यवस्थापन तथा नियमन विधि निश्चित गर्न स्पष्ट कार्यादेशसहित कार्यदल गठन गर्ने । कार्यदलको प्रतिवेदन प्राप्त भएपश्चात् त्यसउपर छलफल गरी आवश्यक निर्णय लिने । तबसम्मका लागि पार्टीद्वारा गठित वा पार्टीका नेता कार्यकर्ता सम्मिलित कुनै पनि प्रष्ठिानहरूलाई प्रदेश, जिल्ला र स्थानीय तहमा शाखा गठन नगर्न र गतिविधि नगर्न निर्देशन दिने” ।

ओलीको तयारी पार्टीमा सकेसम्म पूर्वएमालेलाई मोर्चावन्दी गराउने नसके पार्टी फुटका लागि माथिदेखि तलसम्म आधार तयार पार्ने देखिएको छ । उनले यस अघि नै कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग अलग अलग बाटो लाग्ने प्रस्ताव गरिसकेका छन् ।

केहीदिन अघिमात्र ओली गुटका केही नेताहरु जबजमा आधारित रहेर पूर्व एमालेलाई एक ठाउँमा ल्याउने पहल गरिदिन प्रदीप नेपालकोमा पुगेका थिए ।

 

यो पनि हेर्नुस्

शितल निवास फेरि सक्रिय, ओलीको फकाउने फोन, प्रचण्डले भने- ‘नो’

पूर्वमाओवादी नेता तान्ने ओलीको दाउ बुझेपछि विच्किएका थिए प्रचण्ड

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्