ट्रम्पलाई पाखा लगाउँदै अमेरिकी राष्ट्रपति बनेका जो बाइडेनको नालिबेली – Janadesh Daily | ePaper

ट्रम्पलाई पाखा लगाउँदै अमेरिकी राष्ट्रपति बनेका जो बाइडेनको नालिबेली


एजेन्सी ।

जवर्जस्त प्रतिस्पर्धी डोनाल्ड ट्रम्पलाई पाखा लगाउँदै जो बाइडेन अमेरिकाको ४६औँ राष्ट्रपति निर्वाचित भएका छन् । नेपालमा मात्र होइन विश्वभरी बाइडेन कसरी राजनीतिमा आए र राष्ट्रपति बने भन्ने जिज्ञासा छ ।

को हुन् त जो बाइडेन ?

सन् २००९ देखि सन् २०१७ सम्म बाराक ओबामाका उपराष्ट्रपति रहेका बाइडन दशकौँको अनुभवप्राप्त, विदेशनीतिका ज्ञाता अनि प्रखर वक्ता राजनीतिज्ञ हुन् ।

उनी अमेरिकी इतिहासका सबैभन्दा बुढा राष्ट्रपति समेत बनेका छन् । जो बाइडनले राजनीतिमा पहिलो पाइला चाल्दा अहिलेका कैयौँ मतदाता जन्मिएका पनि थिएनन् ।

बाइडनको वाशिङ्टनसँगको नाता ४७ वर्षअघि सन् १९७३ मा जोडिएको थियो जब उनी अमेरिकी सिनेटका सदस्य बनेका थिए।

अनि उनको पहिलो राष्ट्रपतीय प्रचार अभियान ३३ वर्षअघि सन् १९८७ मा भएको थियो।

बाइडन सक्षम तथा प्रखर सार्वजनिक वक्ता हुन् तर उनी कहिलेकाहीँ नराम्रो समाचारको सामग्री बन्छन्

मतदातासँगको भेटघाटमा बाइडेन निकै सहजरूपमा प्रस्तुत हुन्छन् । बाइडनले अमेरिकी सिनेटका चुनाव सात पटक जितेका छन्

सिनेटमा तीन दशकभन्दा धेरै अनि ओबामाको उपराष्ट्रपतिको रूपमा आठ वर्ष। करिब ५० वर्षदेखि उनी उच्चस्तरको राजनीतिमा संलग्न भइआएका छन्। सन् १९८७ मा बाइडन पहिलो पटक राष्ट्रपति पदका निम्ति आकाङ्क्षी बनेका थिए ।

बाइडनकी पहिलो पत्नी नेलिया र उनीहरूका छोरीले कार दुर्घटनामा ज्यान गुमाएका थिए

बाइडनका छोरा बोले डेलावेर राज्यका महान्यायाधिवक्ताको जिम्मेवारी सम्हालेका थिए र साथै सैनिक अधिकारीको रूपमा इराकमा खटिएका थिए

सन् २०१५ मा ४६ वर्षको उमेरमा मस्तिष्कमा ट्यूमरका कारण उनका छोरा बो बाइडनको निधन भयो।

आफ्नो परिवारका त्यति धेरै सदस्य गुमाएका बाइडेनप्रति सर्वसाधारण अमेरिकीमा सहानुभूति छ।

विदेश नीति र सम्बन्ध
बाइडेनसँग विश्वमञ्चको धेरै अनुभव छ । सन् १९९१ मा उनले पहिलो खाडी युद्धको विपक्षमा मतदान गरेका थिए भने सन् २००३ मा चाहिँ इराक अतिक्रमणको समर्थन गरेका थिए। पछि उनले अमेरिकाको इराकमा संलग्नताको आलोचना गर्न थाले।

अलि सतर्क रहन रुचाउने बाइडनले राष्ट्रपति ओबामालाई ओसामा बिन लादेनलाई समात्ने विशेष कारबाही नगर्न सुझाएका थिए। सो कारबाहीमा बिन लादेन मारिएका थिए।

अमेरिकाको विश्वव्यापी अवधरणामाथि नै प्रहार गर्दै आइरहेका राष्ट्रपति डोनाल्ड ट्रम्पको बर्हिगमनसँगै अमेरिका पुनः विश्व मञ्चमा कम फर्किने भएको छ ।

अमेरिकी जनताको नयाँ अभिमतबाट राष्ट्रपतिमा जो बाइडेन चयन भएसँगै चार वर्षको उतारचढाबपूर्ण अमेरिकी विदेश नीतिमा ब्रेक लाग्नेछ ।
अब स्थिर, विश्वसाीय, बुद्धिमत्तापूर्ण र विश्वव्यापी नेतृत्व गर्ने सामथ्र्ययुक्त अमेरिकी विदेश नीति पुनस्र्थापित हुनेछ ।

बाइडेनको जितसँगै ट्रम्पको अनुदार नीतिबाट आजित विश्वले नयाँ आशा, सहकार्य र सामूहिक चुनौती सामना गर्ने नेतृत्व पाएको छ । अब अमेरिका पुनः विश्वव्यापीकरण, स्वतन्त्र व्यापार, विश्व सम्झौता र विश्वव्यापी संस्थाहरूमा फर्किनेछ ।

निर्वाचन परिणामले अमेरिकाको आगामी प्राथमिकता, विदेश सम्बन्ध र शक्तिको गतिशीलतामा केही बदलाब ल्याउन सक्नेछ । कोरोनाको महामारीबाट नराम्ररी गाँजिएको अमेरिकामा यो चुनावलाई पछिल्लो शताब्दीकै सबैभन्दा महत्वपूर्ण मानिएको छ । महामारीको सामना गरिरहेको विश्वले अमेरिकी नेतृत्वको आवश्यकता र इज्जतको पुनर्परीक्षण गर्ने अवसर आएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्