एजेन्सी ।
पेरिस सेन्ट–जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वान फुटबलमा प्रभावशाली जित दर्ता गरेको छ ।
अन्तर्गत शनिबार राति घरेलु मैदानमा भएको खेलमा पिएसजीले रेनिसलाई ३–० ले पराजित गरेको हो । पिएसजीका लागि एन्जल डी मारियाले दुई तथा माइज केनले एक गोल गरे ।
केनले ११ औँ मिनेटमा गोल गरि पिएसजीलाई अग्रता दिलाए। त्यसपछि डी मारियाले २१ र ७३ औँ मिनेटमा गोल गरेर जित दिलाए। जितपछि शीर्ष स्थानको पिएसजीको १० खेलबाट २४ अंक भएको छ ।