एजेन्सी ।
अमेरिकाको उपराष्ट्रपतिमा निर्वाचित हुने पहिलो महिला बनेकी कमला ह्यारिसले चुनावी विजयी पछि दिएको पहिलो मन्तव्यमा मन छुने भाषण गरेकी छिन् ।
डेलवरको विलमिङ्गटनमा जित पछिको पहिलो सम्बोधनमा उनले उपराष्ट्रपतिमा निर्वाचित हुने आफू पहिलो महिला भए पनि अन्तिम नहुने बताइन् ।
While I may be the first woman in this office, I will not be the last—because every little girl watching tonight sees that this is a country of possibilities.
— Kamala Harris (@KamalaHarris) November 8, 2020
उनले आफू उपराष्ट्रपति बन्ने पहिलो महिला, पहिलो अश्वेत महिला तथा पहिलो आप्रवासी सन्तानका रुपमा इतिहास बनाएकी कमला ह्यारिसले सम्भावनाको सुरुवात भएको बताएकी छन् ।
अमेरिकी समाजमा कायम रहेको संस्थागत रंगभेद अन्त्य गर्नका लागि काम गर्न बाँकी रहेको र त्यसको सुरुवात भएको कमलाले बताइन् ।
जो बाइडेनले आफूलाई उपराष्ट्रपतिका रुपमा चयन गरेर शताब्दियौँदेखि रहँदै आएको अवरोधलाई चिरेको उल्लेख गरिन् । उनले उपराष्ट्रपतिका रुपमा बाइडेनलाई सहयोग गर्न हरेक दिन तयार रहने बताइन् । बाइडेन ‘हिलर’ रहेको बताइन् ।
कमलाले सम्बोधनमा आफ्नी आमा समला गोपालन ह्यारिसको स्मरण गरिन्, जो १९ वर्षको उमेरमा भारतबाट अमेरिका गएकी थिइन् ।
कमला ह्यारिस क्यालिफोर्नियाको ओक्लान्डमा जन्मिएकी हुन्। उनकी आमा भारतमा जन्मिएकी थिइन् भने पिता जमैकामा जन्मेका थिए ।
यो पनि हेर्नुस्- राष्ट्रपति बनेपछि बाइडेनको आह्वान- बाझा-बाझ गर्न छोडौं आस्थाको विस्तार गरौं