जो बाइडेनले थाले ह्वाइट हाउसको तयारी, ट्रम्पका केही निर्णय तत्काल उल्ट्याउने – Janadesh Daily | ePaper

जो बाइडेनले थाले ह्वाइट हाउसको तयारी, ट्रम्पका केही निर्णय तत्काल उल्ट्याउने


एजेन्सी ।

अमेरिकी राष्ट्रपतिमा निर्वाचित भएका जो बाइडेनले ह्वाइट हाउसको तयारी थालेका छन् । उनले आगामी जनवरीमा ह्वाइट हाउस प्रस्थानको तयारी अघि आफ्नो एक ट्रान्जिशन टीम गठन गरेर काम थालेका हुन् ।

बाइडेनका सल्लाहकारहरुले सरकारमा क–कसलाई ल्याउने भन्ने विषयमा छलफल गरिरहेका छन्। बिडेनले कोभिड–१९सँग जुध्नका लागि आवश्यक रणनीति तय गर्न वैज्ञानिकहरुको समूहको मनोनयन गर्ने भएका छन्।

ह्वाइट हाउसकै यात्रका लागि बाइडनले ‘बिल्ड ब्याक बेटर’ नामबाट ट्रान्जिशन वेबसाइट पनि सुरु गरेका छन्, जसमा लेखिएको छ, ‘देश जुन तरिकाले संकटबाट गुज्रिरहेको छ त्यसमा महामारीको विषयमा आर्थिक मन्दी र जलवायु परिवर्तनदेखि जातीय अन्यायजस्ता गम्भीर मुद्दा समावेश छन् । ट्रान्जिशन टीमले तीब्र रुपमा तयारी गर्नेछ जसका कारण बाइडन–ह्यारिश प्रशासन पहिलो दिनदेखि नै काम सक्नेछन् ।’

ट्रम्पका निर्णय उल्ट्याउने

राष्ट्रपति डोनाल्ड ट्रम्पले जारी गरेका केही कार्यकारी आदेशहरु बाइडेनले उल्टाउने छन्। संसदको स्वीकृति आवश्यक नपर्ने केही आदेश उनले उल्ट्याउन लागेको बताइएको छ ।

जलवायु परिवर्तनसम्बन्धी पेरिस सम्झौता तथा विश्व स्वास्थ्य संगठनबाट पछि हट्ने ट्रम्प प्रशासनको निर्णयलाई उल्ट्याउने संकेत उनले गरिसकेका छन् ।

चुनाव जित्ने निश्चित भएपछि बाइडनले आफू राष्ट्रपति बनेको पहिलो दिन नै पेरिस जलवायु सम्झौतामा अमेरिकालाई पुनः समावेश गर्ने दोहोराएका थिए । बुधबार नै अमेरिका आधिकारिक रुपमा यो सम्झौताबाट निस्किएको थियो ।

यो पनि हेर्नुस्- अमेरिकाको पहिलो महिला उपराष्ट्रपति बनेकी कमला ह्यारिसको मनछुने भाषण

ट्रम्पलाई पाखा लगाउँदै अमेरिकी राष्ट्रपति बनेका जो बाइडेनको नालिबेली

बाइडेन-ह्यारिसलाई संसारभरबाट शुभकामना, प्रधानमन्त्री ओलीले लेखे- अमेरिकासँग सहकार्यको अपेक्षा

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्