एजेन्सी ।
चुनाव हारेर रन्थनिएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रक्षामन्त्री मार्क एस्परलाई हटाएर राष्ट्रिय आतंकवाद नियन्त्रण केन्द्रका निर्देशक क्रिस्टोफर मिलरलाई मन्त्रालयको जिम्मेवारी दिएका छन् ।
जो बाइडेनसँग चुनाव हारेपछि ट्रम्पले एस्परलाई हटाएका हुन् । ट्रम्पका नीतिमा पछिल्लो समय एस्पर असन्तुष्ट रहँदै आएको बताइएको थियो ।
यसअघि नै रक्षामन्त्रीको राजीनामा या बर्खास्तको अनुमान गरिएको थियो । निर्वाचन सकिना साथ उनको रक्षा मन्त्रालयबाट बहिर्गमनको चर्चा अमेरिकी मिडियाहरुमा भइरहेको थियो ।