कोरोना संक्रमण दरः अमेरिकामा बढ्यो, भारतमा घट्यो – Janadesh Daily | ePaper

कोरोना संक्रमण दरः अमेरिकामा बढ्यो, भारतमा घट्यो


एजेन्सी ।

विश्वमा गत चौबीस घण्टामा ४ लाख ८२ हजार भन्दा बढी कोरोना संक्रमित थपिएका छन् । सबैभन्दा बढी अमेरिकामा १ लाख २५ हजार संक्रमित थपिएका छन् भने दोश्रो स्थानमा भारत छ ।

अमेरिकामा चुनावपछि संक्रमणदर बढेपनि भारतमा भने केहीदिन यता कम देखिएको छ । अमेरिकामा केही दिनयता निरन्तर दैनिक १ लाख भन्दा बढी संक्रमित थपिएका छन् ।

तर दुई महिनाअघि एकैदिन एक लाख हाराहारीसम्म संक्रमित भेटिएका भारतमा अहिले यो संख्या औषत ४० हजारमा झरेको छ ।

पछिल्लो २४ घण्टामा थप ३२ हजार २११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै भारतमा संक्रमितको संख्या ८५ लाख ९१ हजार ७५ पुगेको छ ।

संक्रमितमध्ये अहिलेसम्म ७९ लाख ५७ हजार २०६ जना संक्रमणमुक्त भएका छन् । यस्तै भारतमा कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या १ लाख २७ हजार नाघेको छ ।

पछिल्लो २४ घण्टामा थप ४५१ जनाको मृत्यु भएसँगै भारतमा कोरोनाले ज्यान गुमाउनेको संख्या १ लाख २७ हजार १०४ पुगेको छ ।

संसारमा अहिलेसम्म ५ करोड १२ लाख मानिसलाई कोरोना भएको छ । जसमध्ये ३ करोड ६० लाख निको भैसकेका छन् । त्यस्तै १ करोड ३९ लाख सक्रिय संक्रमित मध्ये ९३ हजार भन्दा बढीको अवस्था गम्भीर छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्