नेपालमा कोरोना संक्रमितको संख्या १७५०२ – Janadesh Daily | ePaper

नेपालमा कोरोना संक्रमितको संख्या १७५०२


जनादेश, काठमाण्डौ ।
नेपालमा आज ५७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रबक्ता डा.जागेश्वर गौतमले बितेको २४ घण्टामा गरिएको ३ हजार ३ सय ३१ जनाको पिसिआर परिक्षणमा ५७ जनामा कोरोना संक्रमण पुष्टि जानकारी दिनुभयो ।

योेसँगै नेपालमा कोरोना भाइरसको संक्रमितको संख्या १७ हजार ५ सय २ जना पुगेको छ । कुल संक्रमितमध्ये अहिले ५ हजार ८ सय ३५ जना उपचाररत रहेका छन् ।

यसैबीच बितेको २४ घण्टामा १ सय ३ जना कोरोनालाई जितेर अस्पतालबाट डिस्चार्ज भएका छन् । यसरी डिस्चार्ज हुनेको संख्या ११ हजार ६ सय ३७ जना पुगेको डा. गौतमले बताउनुभयो ।

नेपालमा अहिलेसम्म ३ लाख ९ हजार ८ सय २९ जनाको पिसिआर मार्फत कोरोना जाँच भएको छ ।

अहिले क्वारेन्टाईनमा २३ हजार २ सय ७५ र आइसोलेसनमा ५ हजार ८ सय २५ जना रहेको मन्त्रालयले जनाएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्