एजेन्सी ।
चुनावमा पराजित भैसकेको भएपनि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले सहज सत्ता हस्तान्तरण नगर्ने देखिएको छ ।
ट्रम्प प्रशासनका विदेश मन्त्री माइक पोम्पेओले चुनावको नतिजा ‘खारेज’ गरि डोनाल्ड ट्रम्प प्रशासनको दोस्रो कार्यकालको तयारी रहेको बताएका छन् ।
मंगलबार विदेश मन्त्रालयमा पत्रकारसँग कुरा गर्दै मन्त्री पोम्पेओले मुस्कुराउँदै भने, ‘ट्रम्प प्रशासनको दोस्रो कार्यकाल’ बताएका हुन् । उनले नोभेम्बर ३ मा भएको चुनावमा जो बाइडेन विजयी भएको घोषित गरिएको कुरा उल्लेख नै गरेनन् ।
केही राज्यमा मतगणना जारी रहँदा बाइडेनले राष्ट्रपतिमा निर्वाचित हुनका लागि आवश्यक पर्ने २७० इलेक्टोलर कलेज मतको आँकडा पार गरेका छन् ।
विदेश मन्त्री पोम्पेओले ट्रम्प प्रशासनले प्रमाण बिना लगाएको चुनावमा धाँधलीको आरोपमा विशेष जोड दिए । उनले दोस्रो कार्यकालका लागि तयार रहेको बताउँदै भने, ‘हामी तयार छौँ । विश्वले के भइरहेको छ भन्ने हेरिरहेको छ । हामी सबै मतगणना गर्ने छौँ । जब प्रक्रिया पूरा हुनेछ, त्यसपछि इलेक्टोरल कलेज मत छनौट हुनेछ । संविधानले व्यवस्था गरेको स्पष्ट प्रक्रिया छ ।’
Sec. of State Pompeo outright denies the election results: ‘There will be a smooth transition to a second Trump administration’ pic.twitter.com/ZWlBTxWjkh
— NowThis (@nowthisnews) November 10, 2020
पोम्पेओको टिप्पणीलाई लिएर तीव्र आलोचना सुरु भएको छ । उनको टिप्पणी प्रजातन्त्र र जनताको मतको अवमुल्यन भएको भन्दै आलोचना भइरहेको छ ।
ट्रम्पले भने उनको भनाइ उचित रहेको भन्दै प्रशंसा गरेका छन् ।