के तिहार पछि फेरि लडकउन हुन लागेको हो, यस्तो छ सम्भावना – Janadesh Daily | ePaper

के तिहार पछि फेरि लडकउन हुन लागेको हो, यस्तो छ सम्भावना


जनादेश वाच

सरकारले लकडाउन र निषेधाज्ञा हटाएपछि काठमाडौंमा कोरोना भाइरस संक्रमण झनै तीव्ररुपमा बढिरहेको छ ।

अहिलेकै गतिमा संक्रमण र मृत्युदुर बढेमा काठमाडौंमा फेरि लकडाउन हुने सम्भावना पनि बढेको छ ।

उपत्यका मेयर फोरमले छठपछि काठमाडौं उपत्यकामा कडा निषेधाज्ञा जारी गर्न कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी)लाई सुझाव दिएको छ।

काठमाडौं उपत्यकामा कोरोना संक्रमणको जोखिम कम गर्ने विषयमा सिसिएमसी र उपत्यका मेयर फोरमबीच बुधबार भएको छलफलमा मेयरहरूले यस्तो सुझाव दिएका हुन्।

काठमाडौं उपत्यकामा बढ्दो संक्रमणका दर र यसलाई नियन्त्रणमा लिनका लागि कडा निषेधाज्ञाको आवश्यकता रहेको मेयर फोरमका सचिव मदनसुन्दर श्रेष्ठले बताए।

तिहार र छठ लगत्तै उपत्यकामा बढीरहेको संक्रमण दर नियन्त्रणका लागि निषेधाज्ञा जारी गर्ने भन्ने विषयमा गम्भीर छलफल भएको उनले बताए। उपत्यकामा कडा निषेधाज्ञा आवश्यक भएको सुझाव आफूहरुले दिएको उनले बताए।

मेयरहरूले कोभिडविरुद्ध गरिरहेको कामको बारेमा जानकारी गराउँदै काम गर्दा परेको अप्ठ्याराहरूका विषयमा समेत छलफल भएको उनले बताए।

कागेश्वरी मनहरा नगरपालिकाका मेयर कृष्णहरि थापाले यही अनुपातमा कोरोना संक्रमण बढेमा केही समय लकडाउन गर्ने कि भन्ने सुझाव दिएको र थप छलफल गर्ने कुरा भएको उनले बताए।

सिसिएमसी निर्देशक समितिका संयोजक समेत रहेका उपप्रधानमन्त्री ईश्वर पोखरेलले अहिलेको अवस्थमा कोरोना रोकथाम, नियन्त्रण र उपचारका सन्दर्भमा मेयरहरूसँग छलफल आयोजना गरेको मन्त्री पोखरेलको सचिवालयले जनाएको छ।

नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख २ हजार ३ सय २९ पुगेको छ भने निधन हुनेको संख्या १ हजार १ सय ७४ पुगेको छ।

यस्तै कोरोना भाइरसबाट हालसम्‍म डिस्चार्ज हुनेको संख्या १ लाख ६२ हजार २४३ जना पुगेको छ। बुधबार मात्रै १ हजार ६६६ जना कोरोना भाइरसबाट निको भएर घर फर्किएका छन् भने २ हजार ५ सय ७९ जना कोरोना भाइरस संक्रमण पुष्टि भएका छन्।

देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ३८ हजार ९ सय १२ जना रहेका स्वास्थ्यमन्त्रालयले जनाएको छ ।

यस्तै काठमाडौँ उपत्यकामा १ हजार २ सय ६१ जना कोरोना संक्रमित थपिएका छन्। जसमध्‍ये काठमाडौँमा ९ सय ७६, भक्तपुरमा ८१ र ललितपुरमा २ सय ४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्