एजेन्सी ।
मैत्रीपूर्ण खेलमा जर्मनीले चेक रिपब्लिकमाथि साँघुरो जति निकालेको छ । घरेलु मैदान रेडबुल बुल अरिना लेइप्जिङमा भएको खेलमा जर्मनीले चेक रिपब्लिकमाथी १–० को साँघुरो जित निकालेको हो ।
घरेलु मैदानमा पहिलो हाफमा १–० को अग्रता लिएको जर्मनीले दोस्रो हाफमा भने कुनै गोल गर्न सकेन । जर्मनीको साँघुरो जितका लागि लुका वाल्डच्मिडले गरेका थिए ।
लुकाले खेलको एक मात्र निर्णायक गोल खेलको १३ औं मिनेटमा गरेका थिए । उनले फिलिप म्याक्सको पासमा गोल गर्दै जर्मनीलाई जित दिलाए ।
त्यस्तै अर्को खेलमा डेनमार्कले स्विडेनलाई पराजित गरेको छ । डेमार्कले घरेलु मैदानमा स्विडेनलाई २–० गोलले पराजित गरेको हो ।
नेसन्स लिगको तयारीमा रहेको जर्मनीले नेसन्स लिगमा भने आफ्नो समूहको पाँचौ खेल युक्रेनसँग शनिबार राति खेल्ने छ । त्यस्तै दोस्रो खेल स्पेनसँग उसैको घरेलु मैदानम खेल्नेछ ।
यता, चेक रिपब्लिकले पहिलो खेल इजरायलसँग खेल्ने छ भने दोस्रो खेल स्लोभाकियासँग खेल्ने छ ।
उता, इटलीले स्टोनियासँग फराकिलो जित निकालेको छ । बिहीबार राति घरेलु मैदानमा भएको खेलमा इटलीले स्टोनियाविरुद्ध ४–० को फराकिलो जित निकालेको हो ।
इटलीको जितका लागि भिन्सेनजो ग्रिफोले दुई गोल गरे । त्यस्तै फेडेरिको बेर्नार्डेची र रिकार्डो ओर्सोलिनीले एक एक गोल गरेका थिए । इटलीले पहिलो हाफमा २–० को अग्रता बनाउँदा दोस्रो हाफमा थप दुई गोल गरेको थियो ।
खेलको १४ औं मिनेटमा ग्रिफोले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए । त्यस्तै २७ औं मिनेटमा फेडेरिकोले गोल गर्दै पहिलो हाफमा इटलीको अग्रता दोब्बर पारेका हुन् ।
दोस्रो हाफमा भने दुबै गोल पेनाल्टीमा भएका थिए । ७५ औं मिनेटमा ग्रिफोले पेनाल्टीमा गोल गर्दै इटपललाई ३–० को अग्रता दिलाएका हुन् । खेल सकिन चार मिनेट बाँकी रहँदा ओर्सोलिनीले गोल गरे । उनले पनि पेनाल्टीमा गोल गर्दै इटलीलाई स्टोनियामाथि ४–० को फराकिलो जित दिलाए ।