विश्वमा २४ घण्टामा थपिए झण्डै ६ लाख कोरोना संक्रमित, साढे ९ हजारको मृत्यु – Janadesh Daily | ePaper

विश्वमा २४ घण्टामा थपिए झण्डै ६ लाख कोरोना संक्रमित, साढे ९ हजारको मृत्यु


एजेन्सी ।
विभिन्न देशमा चिसो बढेसँगै विश्वमा कोरोना संक्रमित र भाइरस संक्रमणकै कारण मृत्यु हुनेको संख्या बढ्दै गएको छ ।

पछिल्लो २४ घण्टामा विश्वमा ५ लाख ७९ हजार २५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो अघिल्लो दिनको तुलनामा धेरै हो । अघिल्लो २४ घण्टा ४ लाख ९० हजार ४७८ जनामा कोरोना संक्रमित थपिएका थिए ।

पछिल्लो २४ घण्टामा ९ हजार ६६८ कोरोना संक्रमितको मृत्यु भएको छ । अघिल्लो २४ घण्टा कोरोनाका कारण ८ हजार ५७० संक्रमितको मृत्यु भएको थियो ।

विश्वमा कोरोना संक्रमितको संख्या ५ करोड १८ लाख ४८ हजार ६६१ जना पुगेको छ ।

१२ लाख भन्दा बढीको मृत्यु
कोरोनाका कारण हालसम्म विश्वमा १२ लाख ८० हजार ८६८ जनाको मृत्यु भइसकेको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।
पछिल्लो २४ घण्टामा विश्वमा ९ हजार ६६८ कोरोना संक्रमितको मृत्यु भएको छ । अघिल्लो २४ घण्टा कोरोनाका कारण ८ हजार ५७० संक्रमितको मृत्यु भएको थियो ।

हालसम्म विश्वमा कोरोनाका कारण १२ लाख ८० हजार ८६८ जनाको मृत्यु भइसकेको छ ।

भारतमा १ लाख २८ हजारको मृत्यु

भारतमा कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या १ लाख २८ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा थप ५२१ जनाको मृत्यु भएसँगै भारतमा कोरोनाले ज्यान गुमाउनेको संख्या १ लाख २८ हजार ६८६ पुगेको छ ।

पछिल्ला केही सातायता संक्रमण दर घट्दै गएको भारतमा पछिल्लो २४ घण्टामा ४३ हजारभन्दा बढी संक्रमित भएका छन् ।

थप ४३ हजार ८६१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ८७ लाख २७ हजार ९०० पुगेको छ ।

संक्रमितमध्ये अहिलेसम्म ८१ लाख १३ हजार ३४५ जना संक्रमणमुक्त भएका छन् ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्