नवलपरासी जिल्लाका खेलाडीलाई राहत वितरण – Janadesh Daily | ePaper

नवलपरासी जिल्लाका खेलाडीलाई राहत वितरण


नवलपरासी नवलपरासी जिल्ला फुटबल संघले जिल्लाका ३१ पूर्व खेलाडीलाई राहत वितरण गरेको छ । जिल्लाबाट विभिन्न प्रतियोगिता खेलेका २६ पुरुष र ५ महिला खेलाडीलाई राहत वितरण गरिएको थियो ।

कोभिड १९ का कारण देशमा भएको लकडाउनका कारण आर्थिक कठिनाई परेको भन्दै फिफाको सहयोगमा अखिल नेपाल फुटबल संघ (एन्फा) लाई एकमुष्ट ७५ हजार रुपैयाँ उपलब्ध गराएको थियो । पूर्व खेलाडीले जनही ३ हजारका दरले राहत पाएका छन् ।

जिल्ला संघले आफ्नोतर्फबाट १९ हजार रुपैयाँ थपेर खेलाडीलाई राहत वितरण गरेको जनाएको छ । नवलपरासी जिल्ला फुटबल संघका अध्यक्ष धनप्रसाद गुरुङले खेलाडीलाई राहत वितरण गरेका थिए । एन्फाले जिल्ला, ए, बी,सी क्लब, राष्ट्रिय खेलाडी, कर्मचारी, प्रशिक्षकलगायतलाई राहत वितरण गरेको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्